निजी विद्यालयहरुले साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने, शिक्षकलाई बेतलवी घर विदा दिने

निजी विद्यालयहरुले साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् ।
आफूहरुले उठाएको सम्बोधन नभएको भन्दै प्याब्सन र एन–प्याब्सनले बैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्न र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् ।

अब भौतिक रुपमा विद्यालय सञ्चालयको अनुमति पश्चातमात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् । साथै शिक्षक र कर्मचारीको तलबलगायतका सुविधा विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि क्रमशः उपलब्ध गराउने निजी विद्यालयहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्