प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले भित्री बस्त्रको बारेमा संवेदनसिल हुनैपर्छ । भित्री बस्त्र छालामैत्री वा सहज हुनुपर्छ ।
भित्री बस्त्रका लागि सुती नै सही हुनसक्छ । सुतीको भित्री बस्त्र लगाउँदा सिल्क वा सिन्थेटिकको जस्तो समस्या हुँदैन । सिल्क वा सिन्थेटिकमा हावा पस्दैन । यसले छालाको इन्फेक्सन हुनसक्छ । सिन्थेटिक कपडा नै किनेपनि भित्रको लाइनिङ सुतीकै हुनुपर्छ
भित्री बस्त्र कुन साइजको लिने ? त्यो तपाईंको शरीरमा निर्भर गर्छ । कसैलाई ठूलो चाहिएला, कसैलाई मझौला, कसैलाई सानो । आफुलाई फिट हुने भित्री बस्त्र किन्नुपर्छ । यसको पेन्टी, ब्रा जेसुकै होस्, आफ्नो नाप अनुसार सही छ भने हिँडडुल गर्न सजिलो छ ।
कस्तो रंगको भित्री बस्त्र ? यो प्रश्न हामीलाई अर्थहिन लाग्छ । तर, चिकित्सकहरु भन्छन् सेतो पेन्टी लगाउनु उपयुक्त हुने बताउँछन् । रंगबिरंगी पेन्टी आकर्षक देखिएपनि सफा एवं सेतो रंगको भित्री बस्त्र नै राम्रो हुन्छ ।
एक सर्वेक्षण अनुसार ७० देखि ८० प्रतिशत महिलाहरु गलत साइजको ब्रा लगाउनाले गम्भिर रोगहरुको चपेटामा आउँछन् । किनभने, गलत साइजको ब्रा लगाउनाले केवल ढाँड अथवा गर्दन दुख्ने मात्र होइन स्तन क्यान्सर, हार्ट बर्न, पाचन सम्बन्धी समस्या, छाला सम्बन्धी समस्या र टाउको दुख्ने जस्ता विभिन्न समस्या उत्पन्न हुन्छ ।
स्तनपान गराउने आमा
स्तनपान गराउने आमाहरुले प्रायः बच्चाहरुलाई स्तनपान गराउने क्रममा सानो साइजको ब्रा लगाउँछन् । जसले छातिमा दबाव हुन्छ र स्तन भारी भएका कारण महिलाहरु झुक्छन् । त्यस्तो झुकावले ढाडको हड्डीमा दवाब पर्छ र ढाड दुख्न थाल्छ ।
गर्दनको पीडा
कांँध र गर्दन दुख्नुको कारण कसिलो ब्रा र त्यसको स्ट्रिप्स हो । त्यसैले सधैं आफ्नो स्तनको साइज अनुसारकै ब्राको छनोट गर्नु पर्छ ।
छाला सम्बन्धी समस्या
कतै तपाईंको स्तन वरपर स–साना फोकाहरु त छैनन् ? यदि त्यस्तो समस्या छ भने त्यसको कारण तपाईंले प्रयोग गर्नु भएको अत्याधिक कसिलो अथवा खुकुलो ब्रा हुन सक्छ । त्यसले गर्दा तपाईंलाई फंगल इन्फेक्सन पनि हुनसक्छ ।
स्तन क्यान्सर
हिजोआज महिलाहरुमा स्तन क्यान्सर समस्या धेरै हुन थालेको छ । अत्यधिक कसीलो ब्रा लगाउनाले रक्त सञ्चार रोकिन्छ र स्तन क्यान्सरको कारण बन्छ । त्यसबाहेक ब्रेस्ट लिगामेन्ट क्षति हुने खतरा पनि बढ्छ ।
निस्सासिनु
केही महिलाहरुमा सास फेर्न गाह्रो हुने समस्या पनि हुन्छ । त्यसको कारण गलत साइजको ब्रा लगाउनु हो । गलत साइजको ब्रा लगाउनाले निस्सासिएको महसुस हुन सक्छ र शरीरमा रक्त प्रवाह कम हुन सक्छ ।
टाउको दुख्ने समस्या
गलत फिटिङ भएको ब्राले तपाईंको गर्दन र पछाडिको मांशपेशीहरुलाई सपोर्ट गर्दैन । जसले कांँधको पीडा बढ्छ र त्यसको सोझो असर तपाईंको टाउकोमा पर्छ । अनलाइनखबरबाट