सुदूरपश्चिम प्रदेशमा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा, ९२ प्रतिशत रोपाइँ सकियाे

सुदूरपश्चिम प्रदेशमा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । असार मसान्त अगावै झण्डै ९२ प्रतिशत रोपाइँ सकेसँगै धान उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको छ । समयमा मनसुन सुरु हुनु र लकडाउनले परिवारका सदस्य घरमै हुनुले रोपाइँ छिटो सकिएको हुनसक्छ ।
विगतका वर्षमा साउन महिनाको अन्तिमसम्म रोपाइँ हुने भए पनि यस वर्ष असारको अन्तिमसम्म अधिकांश रोपाइँ सकिएको छ । सुदूरपश्चिमको नौ जिल्लामा एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । अहिलेसम्म एक लाख ६२ हजार दुई सय ३० हेक्टर अर्थात् ९१.५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि निर्देशनालय दिपायलले जनाएको छ ।
अहिलेसम्म सबैभन्दा कम रोपाइँ बाजुरामा र सबैभन्दा बढी रोपाइँ कञ्चनपुरमा भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्