काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष चल्ने हो भने जनमत समाप्त हुने बताएका छन् ।
साहना प्रधान प्रतिष्ठानद्वारा सोमबार आयोजित ‘नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ?’ शीर्षकको भर्चुअल छलफल कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘यो सरकार पाँच वर्ष चल्यो भने नेकपा रुट आउट हुन्छ, हाम्रो जनमत समाप्त हुन्छ ।’ सरकारले प्रभावकारी काम गर्न नसक्दा आधा जनमत खुम्चिसकेको खनालको भनाइ छ ।