काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले तराई डुवानमा पार्नेगरी भारतले बनाएको भौतिक संरचना हटाउने पहल गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार बाढी पहिरोको जस्ता विपद व्यवस्थापनका सम्बन्धमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड विपरित सीमा क्षेत्रमा निर्माण भएको र निर्माणाधिन सडक, बाँध, तटबन्ध लगायतका भौतिक संचरना तत्काल हटाउनका लागि पहल गर्न समितिले निर्देशन दिएको छ । बाढी पहिरो र डुवानबाट बेपत्ता भएकाहरुको तत्काल खोजी उद्धार र प्रभावित सम्पूर्ण पीडितहरुलाई सबै तहहरुको समन्वयद्धारा एकद्धार प्रणालीबाट राहत उपलब्ध गराउन र बाढी प्रभावित क्षेत्रमा सरसफाई, सर्पदंश तथा अन्य औषधी उपचारको आवश्यक व्यवस्था गर्न पनि सरकारलाइ निर्देशन दिएको छ ।
मितिले विपदबाट क्षति पुगेका नागरिकलाई क्षतिको अवस्थामा आधारमा क्षतिपूर्तिको रकम बृद्धि गर्न र बाढी पहिरो र डुवानबाट प्रभावित कोरोना संक्रमितलाई सावधानी अपनाई आवश्यक व्यवस्थापन गर्न सरकारलाई भनेको छ ।