सोमबार नेपालमा थप १ सय ४४ जनामा कोरोना पुष्टि, कुन प्रदेशमा कति ?

काठमाडाैँ – नेपालमा थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा १ सय ४४ जनामा कोरोना पुष्टि भएको बताए । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

यस्तै अहिलेसम्म कोरोना सक्रिय रहेको संख्या ६ हजार ६ सय १३ रहेको छ ।

जसमा आज संक्रमित हुनेको संख्या प्रदेश नं. १ मा ६ जना, प्रदेश नं. २ मा ४१ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ८ जना, प्रदेश नं. ५ मा १४ जना, कर्णाली प्रदेशमा ४६ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना रहेको मन्त्रालयले जनाएको छ ।

 

याे पनि पढ्नुहाेस् ।

सोमवार एक हजार ७ सय ५ जनाले कोरोना जिते, ६० दशमलव ७ प्रतिशत संक्रमित डिस्चार्ज

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्