गुल्मीमा पहिरोले २४८ परिवार विस्थापित

गुल्मी – गुल्मीको इस्मा गाउँपालिकामा पहिरोबाट ३ सय घर परिवार बिस्थापित भएका छन् । जिल्लाका बिभिन्न स्थानमा गएको पहिरोमा २ सय ४८ घर बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

अबिरल वर्षासँगै गएको पहिरोले इस्मा गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । पहिरोले गाउँपालिकाको वडा नं.१ मा १ सय ३६ घर, वडा नम्बर–४ मा ५० घर र वडा नम्बर ६ मा ८ घर बिस्थापित भएको पन्थीले जानकारी दिए ।

पहिरोबाट मुसिकोट नगरपालिकामा ५४ घर बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय, गुल्मीले जनाएको छ । बाढी पहिरोबाट हुनसक्ने क्षतीलाई मध्य नजर गरेर प्रत्येक स्थानीय तहले आफ्नो विपद् व्यवस्थापन कोषमा थप बजेट छुट्याउने भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्