काठमाडाैँ – स्थानीय तहको वित्तीय आर्थिक व्यवस्थापनका लागि प्रयोग भइरहेको स्थानीय तह सञ्चित कोष प्रणाली सुत्र आर्थिक बर्षको मसान्तको राती १२ बजे पश्चात स्वतः बन्द हुने भएको छ । यो सँगै साउनदेखि चेक काट्न नमिल्ने गरि बन्द हुनेछ ।
महालेखा नियन्त्रण कार्यालयले देशका ७७ वटै कोष तथा लेखा नियन्त्रण कार्यालयलाई पत्राचार गर्दै मसान्तको राती १२ बजे अगावै स्थानीय तहसँग सम्बन्धित सम्पूर्ण आर्थिक कारोबार सुत्र प्रणालीमा नै अद्यावधिक हुने व्यवस्था मिलाउन हुन भनेको हो ।
महालेखाको निर्देशन र कोष तथा लेखा नियन्त्रण कार्यालयको परिपत्र अनुसार यो प्रक्रिया सुरु भएपछि असारको मिति राखेर साउन अन्तिमसम्म पनि चेक काट्ने प्रवृत्तिको अन्त्य हुने भएको छ । यस्तै यस कार्यबाट स्थानीय तहमा रहेका उपभोक्ता समिति प्रभावित हुनेछन् ।