काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको बताएका छन् ।
गण्डकी प्रदेशका काँग्रेस नेता कार्यकर्तासँगको भर्चुअल बैठकमा नेता पौडेलले राष्ट्रियताको मुद्दालाई ओलीले कागजी बाघ मात्र बनाएको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई कागजी बाघ बनाएकाले नेपाली भूमि फिर्ता गर्न नसक्ने उनले बताए । उनले वार्ता गर्ने बेलामा गाली गलौजमा उत्रिएर भारतसँगको वार्ताको वातावरण विगारेको आरोप लगाए । पौडेलले कम्युनिष्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको बताए । कम्युनिष्टहरुले भन्ने समाजवाद, समानता तर काम भने भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने उनले गरेको बताए ।
पौडेलले काँग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न आम नेता कार्यकर्तालाई आग्रह गरे ।