नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’बीचको वान–टु–वान वार्ता सकिएको छ ।
पार्टी भित्रको विवाद समाधान गर्न भनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेबाट शुरुभएको वार्ता साढे ६ बजे सकिएको छ ।
दुई अध्यक्षबीच सहमतिको विभिन्न विकल्प बारेमा छलफल भए पनि ठोस सहमति भए नभएको बारे जानकारी भएन् ।
सोमबारदेखि नियमित बसिरहेकोवान–टु–वान वार्ता सकारात्मक भइरहेकाले पार्टीका नेतामा सहमति हुने आशा पलाएको छ ।
शुक्रबार स्थायी कमिटीको बैठक आव्हान गरिएकाले भोलिसम्म ठोस सहमति गर्ने गरी दुई अध्यक्षबीच छलफल भइरहेको नेकपाका नेताहरुको भनाइ छ ।