फरक उद्देश्य र फरक विशेषता रहेकाे दादा ड्राभिङ एण्ड सेफ्टि स्कुल, २० प्रतिशतसम्म छुट

ड्राइभिङ सिक्न चाहनेका लागि राम्रो सेवा दिने उद्देश्यले दादा ड्राभिङ एण्ड सेफ्टि स्कुल सञ्चालनमा आएको छ । यसैबर्षदेखि सञ्चालनमा आएको दादा ड्राभिङ एण्ड सेफ्टि स्कुलले काठमाण्डौमा आफ्नो सेवा दिइरहेको छ भने दादा ड्राइभिङ एण्ड सेफ्टी स्कुलले लकडाउन पछि सवारी साधन चलाउन सिक्ने ग्राहकलाई २० प्रतिशतसम्म नगद छुट दिने घोषणा गरेको छ । दादा ड्राइभिङ स्कुलमा विभिन्न ३५ वटा ड्राइभिङ सेन्टरहरु आवद्ध रहेका छन् ।
दक्ष प्रशिक्षकद्वारा कार, भ्यान मोटरसाइकल, स्कुटर, माइक्रो, बस, ट्रक तथा ठुला सवारी साधनमा स्काभेटरको समेत तालिम दिइने संस्थापक सन्तोष न्यौपानेले बताए । आफ्नो ट्रेनिङ सेन्टरमा तालिम लिएर सवारीचालक अनुमति पत्र लिन असफल भएकालाई पुनः ग्यारेन्टीका साथ केही दिन तालिमसमेत दिइने सञ्चालक न्यौपानेले बताए । नेपाल सरकारको मापदण्ड अनुसारको ट्रायल प्रशिक्षण स्थल भएकाले यस सेन्टरमा तालिम लिनेहरुले शत प्रतिशत ट्रायल पास गर्ने उनले दाबी छ । वैदेशिक रोजगारमा जानेका लागि छुट्टै तालिम कोर्सको व्यवस्था समेत गरिएको छ । तालिम लिइसकेकालाई सवारी चालक अनुमति पत्रका लागि परामर्श दिइने पनि उनले बताए ।
तालिम लिने व्यक्तिलाई पास ग्यारेन्टीका साथै समुहगत रुपमा आउनेहरुलाई छुटको व्यवस्था समेत गरेको छ । अन्य ठाउँको भन्दा केही फरक ढंगले तालिम दिने र सहुलियत दरमा तालिम दिने योजना रहेको संस्थापक न्यौपानेले बताए ।
यस ड्राइभिङ स्कुलमा मोटरसाइकल सिक्न ३ हजारदेखि ७ हजारसम्म खर्च गर्नु पर्ने हुन्छ भने कार सिक्न एक महिने कोर्षको लागि १५ हजारदेखि २५ हजारसम्म तिर्नु पर्ने हुन्छ ।
दादा ड्राभिङ एण्ड सेफ्टि स्कुलको सम्पर्क कार्यालय भक्तपुरको गठ्ठाघरमा रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्