शरीर जोडिएर जन्मिएका संसारकै बढी उमेरका दाजुभाई (जुम्ल्याहा) को निधन भएको छ । रोनी र डोनी ग्लेयानको ६८ वर्षको उमेरमा डेटनको एक अस्पतालमा
निधन भएको हो ।
उनीहरुको अन्य कुनै रोगले नभई प्राकृतिक मृत्यु भएको जनाइएको छ । यी जुम्ल्याहा दाजुभाइको जन्म २८ अक्टोबर १९५१ मा अमेरिकाको ओहायोमा भएको थियो । उनीहरुले सानै उमेरेदेखि सर्कसमा काम पाएका थिए । असहाय भएपनि उनीहरु निकै परिश्रमी थिए । ३ वर्षकै उमेरदेखि सर्कसमा जोडिएका उनीहरुले सन् १९९१ सम्म त्यो काम गरेका थिए । रोनी र डोनीले सन् २०१४ मा ६३ वर्षको उमेर पार गरेसँगै जीवनको सबैभन्दा लामा यात्राको कीर्तिमान बनाएका थिए । त्यसअघि यो रेकर्ड अमेरिकी मूलका चेङ र बंकरको नाममा थियो । उनीहरु ६२ वर्ष बाँचेका थिए ।