दुईजना यात्रु राख्ने गरी ट्याक्सी चलाउन दिने तयारी, सार्वजनिक यातायात सञ्चालनबारे गृहकार्य

काठमाडौं सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ । ‘यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा छलफल गरेर निर्णय हुनेछ ।’
काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै कडाइ गर्ने प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
यस्तै सार्वजनिक यातायात सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा सीसीएमसीलाई दिइएको छ । यातायात व्यवसायी लगायत सरोकारबाला पक्षसँग यातायात व्यवस्था मन्त्रालयले छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र त्यसअनुसार थप निर्णय हुने एक मन्त्रीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्