मुकेश प्रसाद जोशी, कञ्चनपुर
शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयलाई प्रविधिसँग जोड्न थुप्रै प्रयास भएको देखिन्छ । जस अन्र्तगत विद्यालयको कक्षाकोठामा सिसिटिभी क्यामेरा जडान गरिएको छ भने कक्षाकोठामा स्मार्ट बोर्ड समेत राखिएको छ । यस्तै विद्यार्थी तथा शिक्षकहरुको लागि इ–हाजिरीको व्यवस्था गरेको छ ।
विद्यालयमा रहेको कम्प्युटर ल्याबमा अन्य कम्प्युटर जडान गरिएको छ भने प्रिन्टर, क्यामेरा, रिबीन प्रिन्टर, प्रत्येक कक्षामा साउण्ड बक्स, कार्यालयबाट कक्षा नियन्त्रण गर्ने व्यवस्था, ५ वटा प्रोजेक्टरहरु समेत जडान गरिएको छ ।