वन अनुगमनमा गएका सांसद आले विवादमा, टाउको तल गरेर कुरा गर भन्दै अध्यक्षलाई दिए धम्की

सामुदायिक वन अनुगमन गर्न गठिन छानविन उपसमितिका संयोजकसहितको टोली सुदूरपश्चिमका कैलाली, कञ्चनपुर लगायतका जिल्लामा अनुगमन गर्न पुगे । उनीहरुसँगै प्रतिनिधिसभा सदस्य प्रेम आले पनि थिए । छानविन गर्नुको सट्टा सांसद आले अपशब्द गरी धम्काउन थाले । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
स्थलगत अनुगमन गर्न आएका सांसद आलेले वनका कर्मचारीहरुलाई थर्काउदै गरेको भिडियोले गतिबेला चर्चा पाएको छ । पदीय मर्यादालाई ध्यानमा नराखि सांसदले आलेले यस्तो बोल्नु नराम्रो भएको भन्दै टिकाटिप्पणी हुन थालेको छ ।
अनुुगमन गर्न छानविन उपसमिति समितिका संयोजक प्रदिप यादवसहित सांसद आलेसहितको टोली विभिन्न बनमा पुगेका थिए ।
डोटीबाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद आले पनि उपसमितिका सदस्य रहेका छन् । मंगलबार कैलालाीको मोहन्याल गाउँपालिकाको वडा नं. ३ मा रहेको बनमा सांसद आलेले बोलेको कुरा यतिबेला भाइरल बनेको हो । उक्त भिडियोमा उनले ‘तपाई जंगल मासेर बर्ता कुरा गर्ने हैन है, बढी कुरा गर्ने हैन। टाउको तल गरेर कुरा गर। जंगल फाड्ने अझै ठुला कुरा गर्ने’ भनेको देखिन्छ ।
सांसद आलेले गुण्डागर्दी रुपमा प्रस्तुत भएको भन्दै चर्काे आलोचना हुदैँ आएको छ । यस विषयमा सांसद आलेसँग थप टेलिफोन वार्ता गरि विस्तृत रुपमा जानकारी गराउनेछौँ ।

तस्बीर : विभिन्न सामाजिक सञ्जाल

भिडियाे : कैलालीका राजेन्द्र रावलकाे फेसबुकबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्