काठमाडौं – नेपालमा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर पनि घटेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार १३३ नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१७ असारमा देशभरका ल्याबमा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ७४० जनामा संक्रमण पुष्टि भएको थियो । यो एकैदिन भेटिएको सबैभन्दा धेरै संक्रमित थियो । त्यो दिन संक्रमणको दर पनि १६.५ प्रतिशत थियो ।
त्यसयता संक्रमितको संख्यासँगै संक्रमणको दर पनि घटेको छ । मंगलबार संक्रमणको दर घटेर ३.३ मा आइपुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनले अघि भनेका छन्, ‘दिनहुँ संक्रमित हुनेहरुको प्रतिशत घटिरहेको छ ।’ यस सँगै ४ जिल्ला कोरोना भुक्त भएका छन् । प्रदेश १ का ३ जिल्ला र कर्णाली प्रदेशको १ जिल्ला गरी ४ जिल्ला कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । प्रदेश नं. १ का तेह्रथुम, भोजपुर, सोलुखुम्बु र कर्णाली प्रदेशको हुम्ला जिल्ला कोरोना मुक्त भएका छन् ।