काठमाडौँ – सुदूरपश्चिमा सोमबार थप १०८ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ८६ जनामा कोरोना पुष्टि भएको बताए । भने २२ जनामा सेती प्रादेशिक अस्पतालमा पुष्टि भएको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार धुलिखेल अस्पताल प्रयोगशाला काभ्रेमा बजुराका ५४ जना, डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरामा डडेल्धुराका ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका र बैतडीका ११÷११ जना र डोटीका ७ जनामा कोरोना पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालले दिएको जानकारी अनुसार कैलालीका १७ र अछामका ५ जनामा कोरोना पुष्टि भएको हो । सबै गरी सुदूरपश्चिम प्रदेशमा १०८ जनामा कोरोना पुष्टि भएको छ ।