काठमाडौं – अमेरिकाले पूर्ण रुपमा अनलाइन कक्षा संचालन गरेका विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरुलाई आगामी शरद ऋतुदेखि अमेरिकामा बस्न नदिने भएको छ ।
ती विश्वविद्यालयले सिकाईको पद्दती अनलाईबाट व्यक्तिगत सिकाईमा परिवर्तन नगरेसम्ममका लागि विदेशी विद्यार्थीलाई अमेरिका बसाईको अनुमति नदिने जनाएको हो । सरकारी नियमको पालना नगर्नेलाई संयुक्त राज्य अमेरिकाको आप्रवासन तथा भन्सार सम्बन्धी निकायले निस्कासन गर्न सक्नेछ ।
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण धेरैजसो विश्वविद्यालयहरुले हाल अनलाइनबाट कक्षा संचालन गरिरहेका छन् । यो निर्णयबाट कति विद्यार्थी प्रभावित हुनेछन् भन्ने स्पष्ट पारिएको छैन । प्रत्येक वर्ष विश्वभरिबाट ठूलो संख्यामा विद्यार्थीहरु अध्ययनका लागि अमेरिका जाने गरेका छन् । यसरी अध्ययनका लागि जाने विद्यार्थीहरुले तिर्ने शुल्क विश्वविद्यालयको आम्दानीको मुख्य स्रोत हुने गरेको छ । हाभर्ड विश्वविद्यालयले नयाँ शैक्षिक शत्रका सबै पाठ्यक्रम निर्देशनहरु अनलाइन मार्फत पठाउने घोषणा गरिसकेको छ ।
यो व्यवस्था विश्वविद्यालयमै बस्ने विद्यार्थीका लागि समेत लागू हुनेछ । आप्रवासन सम्बन्धी निकायले संचालन गरेको विद्यार्थी तथा आगन्तुक आदान(प्रदान सम्बन्धी कार्यक्रमले विदेशी विद्यार्थीहरुलाई आगामी वसन्त र गिष्म ऋतु सम्मको पाठ्यक्रम अनलाइन मार्फत् निरन्तरता दिन अनुमति दिएको छ । NTV