काठमाडौँ – समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाही हुने भएको छ । पार्टी ह्वीप उलंघन गरेको आरोपमा पार्टी कार्यदलले गिरीलाई कारबाहीका लागि सिफारिस गरेको हो ।
लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन् । सो विषयमा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए। यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ ।
कार्यदलको सिफारिसबारे छलफल गर्न समाजवादी पार्टीको पदाधीकारी बैठक मंगलबार दिउँसो बस्दैछ ।