नेकपाको बालुवाटार वार्ता : ठोस निर्णय भएन, प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी

सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा नेताहरुबीच भएको आइतबार भएको वार्ता पुनः भोलि सोमबार बस्ने गरी सकिएको छ ।
सवै विषयमा छलफल भएपनि कुनै निर्णय नभएको एक नेताले बताएका छन् ।सोमबार स्थायी समिति बैठक पनि बस्दैछ । ११ बजे बस्ने स्थायी समिति अघि ६ नेताहरुबीच पुनः बैठक बस्नेछ । स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने तयारी छ । तर ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।

आजको वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका साथै महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल वर्षमान पुन तथा जनार्दन शर्मा सहभागी रहेका थिए ।

साक्षीका रुपमा ओलीका तर्फबाट महासचिव पौडेल र पोखरेल तथा प्रचण्डपक्षबाट शर्मा र पुन सहभागी भएका हुन् । यसअघि शुक्रबार ओली र प्रचण्डबीच भएको संवादमा पौडेल र शर्मा सहभागी भएपनि आजको वार्तामा पोखरेल र पुन थप भएका हुन् । ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्