काठमाडौं – काठमाडौं उपत्यकामा आइतबार ३० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
काठमाडौंका संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५ जना, वीर अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा २१ जना भेटिएका हुन् । शिक्षण अस्पतालमै भक्तपुरका १ जना र ललितपुरका २ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।