सुदूरपश्चिममा आइतबार थप ९६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमथप ९६ जनामा कोरोना पुष्टि भएको बताए ।
जसमा कञ्चनपुरका ३२ जना, कैलाली २७ जना, बाजुरका २० जना, डडेल्धुराका ९ जना रहेका छन । यसैगरी बैतडीका ४ जना, डोटीका ३ जना र अछामका १ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । पाँच सय भन्दा बढी कोरोना संक्रमित हुनेको सूचिमा सुदूरपश्चिमका ३ जिल्ला रहेका छन । जसमा बाजुरा, कैलाली र अछाम रहेका छन् ।