मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण थालिएको छ । जसमा सुन्दरीजलसम्मको २७ किलोमिटर लामो सुरुङमा पानी हाल्न थालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
यसबारे जानकारी दिन खानेपानी मन्त्री विना मगरले ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छन् । निकै लामो समय अन्योलमा परेको मेलम्ची आयोजनामा अहिलेसम्म हेडवर्क्स तयार भएको छैन । तर डाइभर्सन सुरुङमार्फत मेलम्ची खोलको पानी कफर ड्याम बनाएर भित्र हालिएको हो ।
अब योसँगै आयोजनाको सुरुङको परीक्षण प्रक्रिया थालनी भएको छ । यसपछि एकपटक पानी खाली गरेर सुरुङको अवस्था जाँच गरिनेछ । त्यसपछि मात्रै व्यवसायिक रुपमा पानी ल्याउने गरी फेरि सुरुङमा पानी भर्न सुरु गरिने छ ।