सुशील सुवेदी, सिन्धुपाल्चोक
अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया,चक्षुन्मीलितम मेन तस्मै श्री गुरुवै नमः ” आषाढ शुक्ल पूर्णिमाका अवसरमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरु पूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।
आफुलाई शिक्षा –दिक्षा दिने गुरुहरुप्रति श्रद्धा प्रकट गर्दै यस दिनलाई मनाउने चलन छ । मानव जीवनमा गुरुको महिमा असाध्यै रहेको हुन्छ । जीवनको अज्ञानरुपी अन्धकारलाई हटाई ज्ञानरुपी प्रकाश प्रदान गर्ने गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिन परापूर्वकालदेखि चल्दै आएको आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ ।
आषाढ महिनाको पूर्णिमामा व्यास ऋषिको जन्मदिन भएकोले यसलाई गुरु पूर्णिमा वा व्यास जयन्ती भनिएको हो । हिन्दु धर्ममा गुरुलाई भगवान भन्दा पनि माथिको दर्जा दिईएको हुनाले पनि गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिनका कारण गुरु पुर्णिमाको महत्व बिशेष रहेको हो । विद्यार्थीहरुले आफुलाई विद्या दान गर्ने गुरुहरुलाई पुजा सम्मान गरी मुलुकभर आचार्य दिवसका रुपमा गुरुपुर्णिमा पर्व मनाउने गर्छन । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।
संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । । गुरु पूर्णिमाको अवसरमा गुरुहरुको सम्मान गर्ने गरिन्छ । यस अवसरमा बिध्यालयहरु र आश्रमहरुमा र पश्चात्य मुलुकको प्रभावले हिजोआज गुरूपूर्णिमा लाई (Teachers Day) का रूपमा मनाउने र गुरूका लागि पूजा९पाठ गर्न विशेष कार्यक्रमको आयोजन गर्ने गरिन्छ ।
यसै अबसर मा , धेरै विद्यालय र क्याम्पसमा विद्यार्थीहरुले गुरुहरुको सम्मानमा कार्यक्रमहरु गरेका छन् । । संस्कृतमा भनिएको छः “गुरु व्रह्मा गुरु विष्णु गुरुदेवो महेश्वर । गुरु साक्षत् परम् व्रह्मा तस्मै श्री गुरुवे नमः।।” जो ब्रह्मा,विष्णु र महेश्वर भन्दा पनि माथिका परबह्म परमेश्वर हुनुहुन्छ यस्ता गुरूलाई कोटिकोटि प्रणाम। यस्ता माहन गुरूलाई ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । ब्रह्मा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता छ ।माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।