काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका छन् ।
शनिबार अपरान्ह शितलनिवासमा राष्ट्रपति–प्रधानमन्त्रीबीच सवा घण्टा कुराकानी भएको स्रोतले बतायो । राष्ट्रपति र प्रधानमन्त्रीबीच के कुरा भयो भन्ने बारे खुलाइएको छैन ।
प्रधानमन्त्री ओली बालुवाटार फर्किएपछि मन्त्री र राज्यमन्त्री बालुवाटर पुगेका छन् । यद्दपी यो मन्त्रिपरिषदको बैठक भने होइन् । किनकी मन्त्रिपरिषद् बैठकमा राज्यमन्त्री उपस्थित हुँदैनन् ।
अहिले नेकपाभित्र राजनीतिक विवाद चुलिएको छ । पार्टीभित्रबाटै अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्न प्रधानमन्त्री ओली माथि दबाव छ । विवाद बढ्दै गएपछि सहमति जुटाउन भन्दै स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ । तर प्रधानमन्त्रीले राष्ट्रपटिलाई पटक पटक भेट्नु र राज्यमन्त्री सहित मन्त्रीहरुलाई बालुवाटार बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।