काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।
अहिले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेको जानकारी प्राप्त भएको छ । के विषयमा छलफल भएको हो भन्नेबारे खुलाइएको छैन ।
पार्टीभित्रबाटै अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्न प्रधानमन्त्रीमाथि दवाव छ । विवाद बढ्दै गएपछि सहमति जुटाउन भन्दै स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छन् ।
यसैबीच प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । मिटिङका लागि भन्दै बोलाइएको हो । यद्यपि यो मन्त्रिपरिषद् वा अरु मिटिङको प्रष्ट भएको छैन ।