नेपालमा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको बताए ।
यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।
गाेरखा पालुङ्टारका ४४ बर्षीय बृद्धकाे मृत्यु भएकाे छ । याे सँगै मृत्यु हुनुकाे सङ्ख्या ३४ पुगेकाे छ । उहाँ कतारबाट फर्किएका थिए । यस्तै रुपन्देही देवदहका ७५ बर्षीय पुरुषकाे पनि मृत्यु भएकाे छ ।