कैलालीमा क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु भएको छ । भारतबाट जेठ २६ गते श्रीमानसँगै फर्किएकी उनमा प्यारालाइसिस र रक्तचापको समस्या देखिएकी गोदावरी नगरपालिका १० मा होम क्वारेन्टिनमा बसेकी ४८ बर्षिया महिलाको मृत्यु भएको हो ।
उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ र रिर्पाेट आएपछि मात्रै शव व्यवस्थापन गर्ने बताइएको छ ।