बझाङको केदारस्युमा पहिरोले १७ घर पुरिएको स्थानीयको भनाई, प्रशासन भन्छ- ‘विवरण आउन बाँकी छ’

काठमाडौं – बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकामा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । पहिरो वडा नं. ८ मल्लेसीमा गएको हो । तर स्थानीय प्रशासनले भने क्षतिको एकिन विवरण आउन नसकेको बताएको छ ।

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको तर क्षतिको विवरण आइसकेको छैन । नेपाली सेनालाई र प्रहरीको टोली घटनास्थल तर्फ जाँदै छ ।

स्थानीयहरुका अनुसार अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र ७ जना बेपत्ता भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्