कोरोना रिपोर्ट पोजेटिभ आएका १८ वर्षीय युवकले गरे आत्महत्या

बझाङको खप्तडछान्ना गाउँपालिकाको वडा नम्बर ७ मा होमआइसोलेसनमा रहेका एक जनाले आत्महत्या गरेका छन् । बिहीबार कोरोना रिपोर्ट पोजेटिभ आएका १८ वर्षीय युवकले घरबाट भागेर नजिकैको जंगलमा आज बिहान आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

मृतक भारतबाट आएर जेठ १९ गतेदेखि जयपुर लामागडा प्राथमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा बसेका अरु सबैको रिपोर्ट आएपछि घर जाँदा एक्लै हुने भनि ती युवक पनि तीन दिनअघि घर गएका थिए । हिजो रिपोर्ट पोजिटिभ आएपछि आज बिहानै उनले आत्महत्या गरेको हो । मृतकको शव घटनास्थलमै रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्