भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाख क्षेत्रको भ्रमणमा

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाख र लेह क्षेत्रको भ्रमणमा गएका छन् । गत महिना चीनसँगको सीमा विवादमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो । त्यसपछि भारत र चीनबीचको सम्बन्ध चिसिएको छ । यद्दपी दुवै देशले शान्ति र वार्ताकै माध्यमबाट सीमा विवाद हल गर्नुपर्नेमा जोड दिँदैआएका छन् ।
भारतीय सञ्चारमाध्यमरूका अनुसार प्रधानमन्त्री मोदीले रक्षा प्रमुख विपिन रावत र प्रधान सेनापति एम एन नरवनेसँगै शुक्रबार बिहान लेह भ्रमण गरेका हुन् । हिन्दूस्तान टाइम्सका अनुसार प्रधानमन्त्री मोदीले सीमाक्षेत्रमा तीनवटै सुरक्षा निकायको तयारी र सीमा विवाद सम्बन्धमा भइरहेको छलफल प्रक्रिया र विवाद समाधानका लागि भइरहेको प्रयासबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री मोदीले लेह नजिकै थिक्सेस्थित भारतीय सेनालाई सम्बोधन गर्दै छन् । सम्बोधनमा मोदीले भारतको सीमा रक्षा गर्नु हरेक भारतीयको संकल्प भएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्