नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा छलफल सुरु

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपा विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ ।
केहीबेर अघिबाट सुरु भएको उनीहरुबीचको छलफललाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र पार्टी फुटाउन लागेको आशंका अरु नेताहरुलाई भएपछि जारी स्थायी कमिटी बैठक एक दिनलाई स्थगित गरेर सहमतिको लागि अधिकतम प्रयास गर्ने निर्णय नेकपाले गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्