ईःलगायतका अनशनरत युवाहरुलाई भेट्न प्रधानमन्त्री ओली अस्पताल पुगे

काठमाडौं – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन अनशन बसेका युवाहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली ह्याम्स अस्पताल पुगेका छन् ।

ईःलगायतका युवाहरु पाटनमा अनशन बसेका थिए । उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार नै ह्याम्स लगिएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले अनशन तोड्न र सम्वादमा आउन आग्रह गरेको अभियन्ता सुरज पाण्डेले बताए । कोरोना संक्रमणको जाँच गर्न पीसीआर विधिबाटै परीक्षण गर्नुपर्ने, आरडीटी परीक्षण बन्द गर्नुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, स्वास्थ्य उपचार प्रभावकारी बनाउनुपर्ने माग गर्दै ईस्लगायत अभियन्ता असार १२ गतेदेखि पाटनमा अनशन बसेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्