सरकारले लामो समयपछि पुनः श्रम स्वीकृति खुला गरेको छ ।
नेपालीको श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गएको फागुन अन्तिमदेखि रोकिएको पुनः श्रम स्वीकृति आजदेखि खुल्ला गरिएको हो ।
भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको हो । पुन श्रम स्वीकृति खुले पनि नयाँकोबारेमा भने अहिले निर्णय भएको छैन । पुन ः श्रम स्वीकृति भने सरकारले वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि दिनेछ ।
तर अहिले कार्यालयमा पुनस् श्रम स्वीकृतिका लागि आउनेले कोरोना रोकथामको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरिएको छ । बैठकले श्रम मन्त्रालयको सिफारिसमा नयाँ रोजगारी खुल्ला गर्ने निर्णयसमेत गरेको छ ।
पुन : श्रम स्वीकृति पाए पनि अन्तर्राष्ट्रिय उडान भने साउन ७ गतेसम्म बन्द छ । कतिपय देशले अझै यात्रु प्रवेशमा रोक लगाएका छन् ।