काठमाडौं – केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । उनीहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग राखेका थिए । तर नेकपा भित्रबाटै ओलीको राजीनामा मागिरहेको बेला समर्थकहरु सडकमा आएर आन्दोलनमा उत्रिएका हुन् ।
प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।