काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक स्थगित भएको केही समयपछि प्रचण्ड र माधव नेपाल समूहका नेताहरु बेग्लै छलफलका लागि जुटेका हुन् । उनीहरु झम्सिखेलको एक रेस्टुरेन्टमा भेला भएका हुन् ।
छलफलमा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य तथा मन्त्रीहरुसमेत सहभागी छन् । सो छलफलमा प्रचण्ड, माधवकुमार नेपालसहित सचिवालयका बहुमत सदस्यहरु उपस्थित छन् ।
पछिल्लो समय पार्टीभित्र अन्तरविरोध चर्किन थालेपछि केपी ओली र प्रचण्ड दुबै पक्षका गुटका बैठकहरु सुरु भएका हुन् । बुधबार बिहान मात्रै बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुटको भेला गराएपछि बेलुका प्रचण्ड नेपाल पक्षले पनि गुटको बैठक डाकेको हो ।