नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो भएकोे छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ७०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर ९१ हजार ७०० रुपैयाँ पुगेको हो ।
संघका अनुसार यसअघि असार १५ मा सबैभन्दा धेरै ९१ हजार ३०० थियो । पछिल्लो दिनमा सुनको मूल्य लगातार बढ्दै गएको छ ।
यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ९६० रुपैयाँमा कारोबार भएको हो ।