कैलाली – सुदूरपश्चिम प्रदेशमा थप दुई जना प्रहरी कर्मचारीमामा कोरोना संक्रमण भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाको बुढिगंगा नगरपालिका–४ को क्वारेन्टाइनमा खटिएका र जगन्नाथ गाउँपालिका–१ को क्वारेन्टाइनमा रहेको दुई जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको हो । यसअघि कञ्चनपुरका तीन, बाजुरा र अछामका एक र एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।