नेकपा स्थायी कमिटी बैठककाे आज तेस्राे दिन अध्यक्ष ओली केहिबेर मात्र सहभागी भएर हिँडे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको तेस्रो दिनको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली केहिबेर मात्र सहभागी भएर हिँडेका छन् ।

दोस्रो दिनको बैठकमा ओली नआएको भन्दै नेताहरुले आलोचना गरेपछि शनिबारको बैठकमा केहिबेर सहभागी भएर ओली बाहिरिएका थिए । शुक्रबारबाट एजेण्डागत रुपमा छलफल थालिएको नेकपा बैठकमा सीमा समस्याबारे १८ सदस्यहरुले धारणा राखेका थिए । बाँकी सदस्यहरुले आज सोही विषयमा धारणा राख्नेछन् । प्रत्येक सदस्यलाई बोल्न १० मिनेटको समय तोकिएको छ ।

यसअघि पहिलो दिन बुधबारको बैठकले सातवटा एजेण्डामा छलफल गर्न कार्यसूची तय भएको थियो । पहिलो दिनको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेर स्थगित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्