नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई युवा पक्राउ

सांकेतिक तस्विर

रोल्पाकी १३ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । रुकुम पूर्वको भूमे गाउँपालिका–२ खाबाङका ३१ वर्षीय टिकाराम श्रीष र त्यही ठाउँका ३० वर्षीय कमल रेग्मीलाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

श्रीषले असार ७ गते र रेग्मीले असार ९ गते डरत्रास देखाएर बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय काँक्रीमा उजुरी दिएपछि प्रक्राउ गरेको थियो ।
पक्राउ परेकालाई १० दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्