कोरोना जितेकै दिन अस्पतालकाे आइसोलेसनमा एक महिलाले शिशुको जन्म दिइन्

कोरोना भाइरस (कोभिड(१९) बाट सङ्क्रमित भएपछि आइसोलेसनमा उपचाररत एक महिलाले कोरोना जितेकै दिन शिशुको जन्म दिएकी छिन् ।

बागलुङको धौलागिरी अस्पतालको आइसोलुसनमा एक महिलाले छोरा जन्माएकी हुन । ढोरपाटन नगरपालिका वडा नं. ९ स्थायी घर भई छ दिनदेखि श्रीमानसँगै आइसोलेसनमा रहेकी १९ वर्षीया महिलाले शिशुको जन्म दिएकी हुन ।

जेठ २३ गते ढोरपाटन नगरपालिकामा आएर क्वारेन्टाइनमा बसेका दुवै जनामा असार ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि श्रीमानसँगै अस्पतालको आइसोलेसनमा उपचाररत महिलाले बिहीबार छोरा जन्माएको धौलागिरी अस्पतालमा उपचारमा संलग्न चिकित्सकले जनाएको छ । अहिले सुत्केरी र बच्चाको स्वास्थ्य अवस्था राम्रो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्