संस्कृत सम् उपसर्ग पूर्वक ‘कृ’ धातुदेखि क्त प्रत्यय लागेर निष्पन्न भएको शब्द हो । शुद्ध संस्कारित परिष्कृत भाषा । जसलाई ‘संस्कृत’ भनिन्छ । संस्कृत भाषा विश्व को प्राचीनतम एवं समृद्ध भाषा हो । ग्रीक भन्दा परिपूर्ण र ल्याटिन भन्दा पनि सुसंस्कृत भाषा भनेर पश्चिमाहरुले पढ्ने गर्छन् । यो सवै भाषाको जननी हो । प्रायः यस भाषालाई देववाणी, देवभाषा पनि भनिएको पाइन्छ ।
जुन गीता बिश्वकै धेरै भाषामा र धेरै संस्मरणमा प्रकाशित हुने पुस्तक मध्यमा एक हो जुन सनातनीहरुको धर्मग्रन्थ भए पनि पाश्चात्य जगतले बिश्वब्यापी दर्शनको आधार स्तम्भका रूपमा लिनु र बिद्यालय विश्वबिद्यालयका पाठ्यक्रममा समेट्नुले त्यसलाई पुष्टि गर्दछ । संस्कृत भन्ने बित्तिकै केवल कर्मकाण्ड मात्र बुझिनु र ब्राह्मणको मात्र भाषा भनी बुझ्नु ठूलो सामाजिक समस्या हो । वेद,खगोलीय अध्ययन होस् या साहित्यदेखि पाणिनीय व्याकरणसम्म विभिन्न बिधा छन् जसमा बिश्वको उत्तिकै चासो र अध्ययन जारी नै छ ।
नासा समेत संस्कृतको खोजमा लागेको कुरा त पुरानो बनिसक्यो । यति सम्म कि सूर्यको किरणबाट आउने अनडिसेवल साउन्ड नै ॐ हो जुन संस्कृत कै मूल मन्त्र हो भन्ने कुरो समेत पुष्टि भैसक्न्नाले संस्कृत केवल कसैको गरीखाने भाँडो मात्र हैन । कुनै ब्यक्ति स्थानमा संस्कृतकै आंशिक प्रयोग गर्नेले गर्दा सिङ्गो संस्कृत जगत नै प्रभावित बन्न पुगेको होला तर त्यो अपवाद मात्र हो ।
समस्या त कहाँ सम्म छ भने गुरुकुल, संस्कृत बिद्यालय तथा महाबिद्यालयमा समेत संस्कृतका विभिन्न बिधामा खोज अनुसन्धान हुन पटक्कै सकिरहेको देखिन्न ।जसका कारण त्यहाँ बाट उत्पादित विद्यार्थीहरुले नै सहज ज्ञान पाउन सकेका त छैनन् नै शिक्षकहरु समेत कुहिरोको काग झै रुमल्लिरहेका हुन् कि भन्ने प्रतीत हुन्छ । आजको २१औं युगको मध्यतातिर ढल्कि रहेको (पाश्चात्य) पश्चिमा मुलुकको प्रभावले ग्रशीत हाम्रो समाज आज आफ्नोे मातृभाषा पितापूर्खाले बोलेका,जगेर्ना गरेका देव वाणीको अनुशरण,अध्यायन र अनुशन्धानको बाटो तिर लम्कनु अग्रसर हुनु एक आफैमा गौरवान्वित कुरा हो ।आजको विश्व एक आफैमा शिक्षित रहेको छ।तापनि बाहिरी ज्ञानबाट भन्दा पनि आफ्ना पितापूर्खाले जगेर्ना गर्दै आएका संस्कृत शिक्षाको आवश्यकता र महत्त्व ध्यानमा राखि अघि बढ्ने कुरामा हामी बिश्वस्त छौँ ।
संस्कृत भाषा लोकभाषा मात्र नभएर देव भाषा पनि हो । व्यापक एवं जीवन्त भाषा– संस्कृत भाषा, आज पनि करोडौं मनुष्यहरुले आफ्नो जीवनमा समाविष्ट गरेको पाईन्छ । नेपाल भारतलगायत अन्यत्र प्रायः राष्ट्रहरूमा बसोबास गर्नेहरुले वैदिक परम्परामा गरिने समस्त धार्मिक कृत्यहरु संस्कृतमा नै गर्छन् । प्रातः जागरण देखि शयन वेलासम्म संस्कृत भाषाद्वारा नै वैदिक कर्म गर्ने गर्छन् । हालको अबस्थामा संस्कृत शिक्षाको आवश्यकता र महत्त्व अति नै रहेको पाइन्छ ।
आज हामी जुन धर्म,कर्म,ज्ञान,शिक्षा, तपस्या र भक्तिको आशय केवल संस्कृत शिक्षामा नै निहित रहेको पाइन्छ ।मानिसले आफुलाई सभ्य र सु संस्कृत असल व्यक्ति ठहर गर्न पनि संस्कृत शिक्षाको नै आवश्यकता रहेको छ । संस्कृत शिक्षाले हामीलाई विभिन्न खालको शिक्षा, दीक्षा, ज्ञान, नैतिकतावान, मर्यादित, कर्तव्यवान, आदर्शवान, स्वास्थ जीवन जिउने उपाय, इतिहास सम्बन्धित ज्ञान शिक्षा, धर्म, कर्म, साहित्य कला, वैज्ञानिक प्रविधि, सम्पूर्ण चिजको विकास को उपाय र उत्पत्ति लगायत विभिन्न ज्योतिषशास्त्र सम्बन्धित सम्पूर्ण गणना क्रमहरू र मानिसका जन्म कुण्डली लगायतका विभिन्न महत्त्वपूर्ण ज्ञानहरू हामीले केवल संस्कृत शिक्षाको अध्यायन अनुसन्धान पश्चात् नै प्राप्त गर्न सक्छौ आजको समयमा मानिसलाई सभ्य, मर्यादित, कर्तव्य निष्ठामा बाध्नको लागि सज्जन वृन्दहरूमा संस्कृत शिक्षाको अध्यायन हुन अत्यन्तै जरुरी हुन्छ ।
सनातन वैदिक धर्ममा गर्भाधान देखि अन्त्येष्टि पर्यन्त षोडश संस्कार संस्कृतमा नै हुन्छन् । त्यसैले संस्कृत भाषा समृद्ध छ । जैन एवं महायानी बौद्धहरुको समस्त विशाल साहित्य संस्कृतमा नै छन् । विचार–विस्तार, भाषण को माध्यम संस्कृत नै हो । ‘भाष्यते इति भाषा’ । भाषा भनेको भावना एवं विचारलाई प्रकट गर्ने साधन हो र संस्कृत भाषा नै प्रथम भाषा हो भन्ने कुरा विभिन्न अनुसन्धानले देखिएको पाईन्छ । अतः संस्कृत भाषा एक जीवन्त र सशक्त भाषा हो । संस्कृत भाषालाई जान्नेले स्वयंलाई जान्दछ । साथै, भेदभाव आदि संकीर्ण मनस्थितिबाट माथि उठ्ने गर्छ । सम्पूर्ण प्राणिलाई समान व्यवहार गर्न सिकाउने पूर्वीय दर्शनको संवाहक हो संस्कृत भाषा त्यसैले आजको द्वैत एवं असमान व्यवहारले भरिएको समाजमा संस्कृत भाषाको महत्व खट्किएको छ । पश्चिमाहरु संस्कृतलाइ जीवनमा उतार्न लागि परेका छन् । भनिएको छ । ‘जानाति विविधाःभाषाः जानाति विविधाः कला। आत्मानं नैव जानाति यो न जानाति संस्कृत ।
अनेकानेक भाषा, कला, आदिमा निपूर्ण हुँदा पनि आफुले आफुलाई जान्न सकिदैन तर संस्कृत जसले जान्यो उसले स्वयंलाई जान्यो । सुस्पष्ट व्याकरण र वर्णमालाको वैज्ञानिकताले भरिएको कारण सर्वश्रेष्ठरुपमा सुशोभित छ संस्कृत भाषा । सर्वाधिक एवं महत्वपूर्ण साहित्यहरुको धनी भएकाले यस भाषाको श्रेष्ठतामा कुनै विवाद छैन । संस्कृत भाषा अन्य भाषाहरुझैं केवल अभिव्यक्ति को साधन मात्र होईन अपितु यो भाषा मनुष्यको सर्वाधिक सम्पूर्ण विकास को आधार पनि हो । आज विश्वमा रहेका विभिन्न भाषाहरू र शब्दहरूमा संस्कृतको अति नै निकै प्रभाव रहेको पाइन्छ ।नेपाली,हिन्दी,उर्दु,मराठी, पञ्जावी,अङ्ग्रेजी लगायत सयौं भाषाहरूमा संस्कृतको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित लाभान्वित रहेको पाइन्छ भने धेरै भाषाहरूको जननि पनि त्यहीँ संस्कृत भाषा नै मानिन्छ ।
नेपाली भाषामा त झन् ६०५ भन्दा बढी शब्दहरू तत्सम तद्भवका रूपमा प्रयोग भएको पाइन्छ । त्यसकारणले पनि आजको समयमा संंस्कृत शिक्षाको महत्त्व अति नै रहेको पाइन्छ । त्यस बखत यो भाषा अव्याकृत थियो र यसमा प्रकृति प्रत्ययको विभाजन गरिएको थिएन। पछि देवराज ईन्द्रले अव्याकृतता र प्रकृति प्रत्ययलाई छुट्याउन प्रातिपदिक पाठले हुने कठिनाईलाई मध्यनजर गरि प्रकृति र प्रत्यय विभाजन गरि शब्दहरुको उपदेश गर्नुभयो । यसरी अव्याकृतलाई व्याकृत गरेर पुनःसंस्कार गरिएकालेल ‘देववाणी’ भाषालाई ‘संस्कृत’ भनिएको हो । अतः संस्कृत केवल स्वविकसित भाषा होइन अपितु संस्कारित भाषा हो त्यसैले यसको नाम संस्कृत हो ।
तर केहि विकृत मानसिकता तथा अंग्रेजी मानस पुत्रहरु संस्कृतलाई ‘मृत’ भाषा भनेर सम्बोधन गर्ने कु चेष्टा समेत गर्छन् । सूर्य उदाएर उज्यालो छर्दा पनि अन्धकार देख्नु सूर्यको दोष होईन । यो जानी जानी आँखा चिम्लेर आफुले आफैलाई खाल्डोमा हाल्ने चेष्टाले गरिएको नाटक या चलखेल हो र संस्कृत भाषाको महत्व घटाऊने षड्यन्त्र हो । तर बुझ्नेले बुझेकै छन् संस्कृत स्वयं समर्थ, सरस, सरल र अमर भाषा हो । पहिलो कुरा त संस्कृत भाषा नेपाली भाषाको जननी हो । संस्कृतको ज्ञान बिना नेपाली भाषा शुद्ध बोल्न र लेख्न सकिदैन र नेपाली भाषा र साहित्यको विकास र प्रतिष्ठा स्थापित हुन सक्दैन । नेपालीको आत्मा संस्कृत मै बसेको छ, हाम्रो संस्कृतिमा यदि समसामयिक कुनै विकृति र विसंगति देखा पर्दछ भने त्यसलाई सजिलै निर्मूल पार्ने प्रभावकारी आधार पनि संस्कृत भाषा नै हो । त्यसैगरि अन्य भाषाको तुलनामा संस्कृतमा सबभन्दा कम शव्दमा वाक्य पूरा हुन्छ । स्पिच थेरापीमा संस्कृत सहयोगी सिद्ध हुन्छ र एकाग्रता बढाउँछ । त्यसैले आउनुहोस १ हामी सबै मिलेर संस्कृतको उन्नतिमा योगदान गरौं । संस्कृत बिना संस्कृति अधुरो नै रहन्छ । जयतु संस्कृतम्