अंगीकृत नागरिकताको सात वर्षे प्रावधानबारे काँग्रेसले भन्यो– ‘सहमति तोडे राजनीतिक दुर्घटना हुन्छ’

काठमाडौँ – राष्ट्रिय सभामा विपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले वैवाहिक अंगीकृत नागरिकताको सात वर्षे प्रावधानबारे कांग्रेसको गम्भीर असहमति रहेको बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकले वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने प्रावधान बहुमतले पारित गरेको थियो ।

सोमबार राष्ट्रिय सभामा धारणा राख्दै कांग्रेस सांसद देवले नेकपालाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरे । नेकपाले वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिन उपर्युक्त हुने निर्णय गत शनिबार गरेको थियो ।

‘विहार र यूपीसँगको वैवाहिक सम्बन्ध तोडेर राष्ट्रियता बलियो हुन्छ भन्ने मानसिकता राख्ने? प्रगतिशील पार्टीले राख्ने मानसिकता यस्तो होइन । यो अत्यन्त मण्डले राष्ट्रवादी मानसिकता हो । प्रतिक्रान्तिकारी मानसिकता हो । पुनर्विचार होस्,’ सांसद देवले राष्ट्रियसभामा भने ।

नेपाली कांग्रेस र अन्य मधेशवादी पार्टीलाई तपाईं‌हरू यसरी हेप्ने, नेपाली कांग्रेस, मधेशवादी दललाई हेपेर तपाई‌ं एक्लै यो देश सञ्चालन गर्न, सम्भव हुन्छ रु’ उनले भने ‘पोलिटिकल एक्सिडेन्ट हुन्छ । सहमति नतोड्नुस् ।’

२०६३ सालमा तत्कालीन मधेशवादी दल, एमाले, माओवादी र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिका आधारमा नागरिकता ऐन बनेको भन्दै उनले अहिले एक्कासी यसलाई उल्ट्याउन नहुने देवले बताए ।

‘तपाईंहरू गलत बाटोमा जानुभएको छ । तपाईंहरूलाई लाग्दो हो । नयाँ जनवादी क्रान्तिको बेला आइसक्यो । चिनियाँ मोडलको समाजवाद स्थापना गर्ने बेला आइसक्यो । अब संविधान जेसुकै होस्’ उनले भने ‘तपाई‌ंहरूको निर्णय मस्ट एक्स्ट्रिमिस्ट ९उग्रवादी० हो । तपाईंहरू उग्रवादमा फस्दै हुनुहुन्छ । तपाईंहरू अत्यन्त अपरिपक्व बाटोमा जाँदै हुनुहन्छ ।’

नेता देवले अगाडि भने, ‘मुलुकमा आगो लगाउने काम कांग्रेस र अन्य सबै पार्टीहरूसँग भिड्ने काम, मुलुकलाई बन्दी बनाएर सामन्तवादीहरूलाई मलजल गर्ने काम गर्दै हुनुहुन्छ ।’

नेता देवले यो निर्णयमा पुनर्विचार गर्न नेकपा नेताहरूलाई आग्रह गरे । ‘नभए भोलि कम्युनिस्ट एकातिर कांग्रेस र मधेसवादी अर्कोतिर भएर मुलुकलाई राजनीतिक ध्रुवीकरणमा लैजाने मुठभेड गराउने र प्रकारान्तरले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पल्टाइदिने दुर्घटनामा लगिदिने काम तपाईंहरू नगर्नुस् ।’

कम्युनिस्ट पार्टीले नेपालले भारत र चीनसँग समदुरीमा सम्बन्ध राख्ने भने पनि यो निर्णयले चीनतर्फ ढल्काएको नेता देवले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्