नागरिकता विधेयकबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाएको छ ।
नागरिकता विधेयकबारे छलफल गर्न नेकपाले सचिवालय बैठक बोलाएको हो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाउन ५ दिनको समय लिएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए ।

दुबै नेताले शुक्रबार राज्य व्यवस्था समितिमा रहेका सांसदहरुसँग परामर्श गरेका छन् ।

बालुवाटारमा भएको छलफलमा वैवाहिक अगीकृत, अंगीकृत नागरिकता र थर परिर्वतनबारे छलफल भएको थियो । नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नगरिकता दिनुपर्ने मतमा नेकपा सांसदहरु सहमत छन् ।

तर विदेशी ज्वाइँलाई नागरिकताबारे चर्को विवाद छ । नेकपाका महिला सांसदहरुले विदेशी बुहारीलाई जस्तै ज्वाइँलाई पनि ७ वर्ष स्थायी बसोबास गरेपछि अंगीकृत नागरिकता दिनुपर्ने मत राखेका छन् तर अरुले विरोध गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्