चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुको नेकपालाई सुझाव : ‘आफ्नै मोडेलको समाजवाद विकास गर्नुहोस्’

काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई आफ्नै मोडेलको समाजवाद विकास गर्न सुझाव दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी स्कुल विभाग, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्र कमिटीको संयूक्त संयोजनमा भएको कार्यशालामा चिनियाँ कम्युनिष्ट नेताहरुले परिवर्तित समयअनुसार राष्ट्रका योजनाहरु पनि परिवर्तन हुने धारणा राखेका थिए ।

कार्यशालामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र स्कुल विभागका प्रमुख एवम् उपप्रधानमन्त्री इश्वर पोखरेलले तथा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ र तिब्बत स्वशासित क्षेत्र कमिटीका सचिव यु यिङ्जीले आफ्ना धारणा राखेका थिए ।

चिनियाँ नेताहरुले अनुशासित पार्टी, प्रतिबद्ध र नैतिकवान नेतृत्वले मात्रै देशको विकास गर्न सक्ने बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्