भक्तपुर – राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पदक पाउन सफल भक्तपुरको एक अब्बल विद्यालयको रुपको परिचित मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा “सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम-२०८२” र पूर्व प्राथमिक तहको दीक्षान्त समारोह यहि चैत्र २८ गते भव्यताका साथ सम्पन्न गरेको छ !
विद्यालयको वार्षिकोत्सवको अवसरमा सम्पन्न “सम्मान तथा प्रतिभा प्रस्तुतिकरण कार्यक्रम-२०८२” मा सबै भन्दा सानो प्ले ग्रुप कक्षाका २ जना विद्यार्थीले विरुवामा जल अर्पण गरी कार्यक्रमको औपचारिक उदघाटन निकै नै रोचक र फरक देखिएको थियो । प्रमुख अतिथि तथा अन्य अतिथि आमन्त्रण गर्ने परम्परा तोड्दै गरिएको कार्यक्रमको अभिभावकहरुले खुलेर प्रसंशा गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयमा भएको प्रगति र आगामी कार्य योजना उल्लेख गर्दै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने उद्देश्यले सुविधा सम्पन्न भौतिक पूर्वाधार निर्माण कार्य सुरु भएको बताउनु भयो । मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विविध उत्कृष्ट कार्यक्रमहरु गर्दै आएको बताउदै मदरल्याण्ड स्कुलको २१ वर्षको यात्रामा पाएको सफलता अभिभावकहरुको योगदानले भएको भनि कृतज्ञता प्रकट गर्नु भएको थियो । मदरल्याण्ड स्कुलले पढाईमा मात्र नभएर विविध विशिष्ट किसिमका कार्यक्रम गर्दै विद्यार्थीहरुको क्षमता प्रस्फुटन गराउन सफल भएको चर्चा गर्नु भएको थियो । खड्काले शैक्षणिकमा मात्र हैन हरेक विधामा विद्यार्थीहरुलाई सहभागी गराउनु पर्ने तर्क राख्दै विद्यालयमा प्रि-स्कुलमा पूर्ण रुपमा पाठ्यपुस्तक फ्रि गरिएको, स्कुल हेल्थ नर्स राखिएको, विद्यालयलाई प्रविधिसँग जोडिएको, सबै खेलमा विद्यार्थीको चाहना अनुसार सहभागी गराउने साथै बोल्ने र व्यक्तित्व विकासको लागि कार्यक्रम राखिएको बताउनुभयो ।

शैक्षिक वर्ष २०८२ मा विविध विधामा सर्वोत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई सम्मान एवं बधाई गरिएको कार्यक्रममा कार्यक्रममा मदरल्याण्ड स्कुलको लागि पालिका, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा २०८२ मा पदक भित्र्याउने ५६ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ! शैक्षिक वर्ष २०८२ मा वर्षभरि विविध विधामा उत्कृष्ट हुने १५ विद्यार्थीहरु र शिक्षकलाई समेत सम्मान गरिएको गरिएको थियो ! साथै शैक्षिक वर्ष २०८२ मा कक्षागत उत्कृष्ट जिपिए र स्थान हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिनुको साथै प्रिस्कुल देखि कक्षा ३ सम्मका अपग्रेड हुने सबै विद्यार्थीहरुलाई कक्षा स्तरोन्नति सम्मान गरिएको थियो ।

पूर्वप्राथमिक तह यूकेजी का विद्यार्थीहरुलाई दिक्षित गरिएको कार्यक्रममा ईसिडी एक्सप्रोर्ट एवं मदरल्याण्ड स्कुलकी प्रि स्कुल को-अर्डिनेटर सुमित्रा राणामगरले मदरल्याण्ड स्कुलमा पूर्ण रुपमा ईसिडी तथा मन्टेश्वरी आधारमा शिक्षण गरिएको बताउनु भएको थियो । स्कुलकी एकेडेमिक को अर्डिनेटर धारणा स्यान्दिल्य(काफ्ले) ले शैक्षिक सत्र २०८३ मा गरिने आन्तरिक मूल्याकंन सम्बन्धि जानकारी दिनु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुद्वारा नेपाली मौलिक संस्कृति झल्कने आकर्षक नृत्यहरु, विविध प्रतिभा प्रस्तुति, गीत तथा नाटक प्रस्तुत गरिएको थियो । विद्यालयकी संचालिका एक्ज्यूकेटिभ हेड शर्मिला देउजाको कार्यक्रम निर्देशन एवं कार्यक्रम संचालन शिक्षक शृष्टि कासुलाले गर्नु भएको थियो ।








