कांग्रेस नेता राजेन्द्र बजगाईँले गरे पार्टी छोड्ने घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईँले पार्टी छोड्ने घोषणा गरेका छन् । बजगाईँले सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफूले कांग्रेस परित्याग गरेको जानकारी दिएका हुन् । उनले ‘अन्ततः कांग्रेसमा बसिएन’ भन्दै पार्टीको पछिल्लो निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

विशेषगरी किसुनजीको सदस्यता पुनःस्थापन गर्ने निर्णयप्रति उनले आपत्ति जनाउँदै उक्त निर्णयको कुनै औचित्य नभएको बताएका छन् ।

त्यस्तै, बजगाईँले नेपाली कांग्रेस विचलित मानसिकताले ग्रस्त व्यक्तिहरूको भीड बनेको आरोप लगाएका छन् । उनले पार्टीका नेताहरूलाई संस्कार, इतिहास र प्रगतिपथबाट विमुख भएको टिप्पणी समेत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्