काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार उनीसँग विभिन्न ९ स्थानमा जग्गा रहेको देखिएको छ ।
काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना, भैसेपाटीमा ४ आना तथा धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिकामा पनि जग्गा रहेको उल्लेख छ ।
त्यस्तै, वाग्लेसँग ४५ तोला सुन रहेको छ, जसलाई पारिवारिक तथा रोजगारीबाट आर्जित सम्पत्तिका रूपमा उल्लेख गरिएको छ । विभिन्न कम्पनीमा गरी करिब १ करोड ९० लाख रुपैयाँ नगद रहेको पनि विवरणमा उल्लेख छ ।
यसैगरी सांग्रीला डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावर मा गरी झण्डै १ लाख कित्ता प्रोमोटर सेयर तथा अन्य करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर रहेको देखिन्छ । साथै, उनीसँग करिब ९४ लाख रुपैयाँ मूल्य बराबरको सवारी साधन (सुवानु एसयूभी) समेत रहेको विवरणमा उल्लेख गरिएको छ ।







