कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया वैशाख २ देखि

काठमाडौँनेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया आगामी वैशाख २ गतेदेखि सुरु हुने भएको छ । निर्वाचन समिति संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार वैशाख २ गते प्रक्रिया सुरु गरी वैशाख ४ गते निर्वाचन गर्ने तयारी गरिएको छ ।

प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष र समानुपातिक गरी ३८ सांसद छन् । दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्म आङदेम्बे, मोहन आचार्यभरतबहादुर खड्का लगायतले दाबी प्रस्तुत गरेका छन् ।

यसबीच पुराना नेताबीच प्रतिस्पर्धा भइरहेका बेला युवा पुस्ताबाट योगेश गौचन थकाली, निश्कल राईबासना थापा मध्ये एकलाई अघि सार्नुपर्ने दबाबसमेत देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्