छानबिनका लागि तयार छु: पुष्पकमल दाहाल

काठमाडौँ – पुष्पकमल दाहालले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो कार्यकालमा भएका सबै निर्णय पारदर्शी रहेको दाबी गर्दै त्यसको जिम्मेवारी लिन तयार रहेको स्पष्ट पारे ।

‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरैचोटी भनिसकेँ, सम्पूर्ण छानबिनका लागि म तयार छु,’ उनले भने । वर्तमान सरकारको कार्यशैलीबारे सोधिएको प्रश्नमा भने दाहालले अहिले नै टिप्पणी गर्ने समय नभएको प्रतिक्रिया दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्